आर्थिक

माछापुछ्रे बैंकले पोखरामा ग¥यो प्रभातफेरी

काठमाण्डौ । माछापुछ्रे बैंकले उन्नाईसौं वार्षिक साधारण सभाको उपलक्ष्यमा पोखराको लेक साइडमा प्रभातफेरी कार्यक्रम संचालन गरेको छ । बसुन्धरा पार्कबाट सुरु भएको उक्त कार्यक्रम हल्लनचोकबाट पुनः बसुन्धरा पार्कमा पुगेर समापन भएको थियो ।
बैंकले संस्थागत सामाजिक उत्तरदायित्व वहन गर्ने क्रममा वित्तिय साक्षरता अन्तरगत बैकिङ्ग सचेतना जगाउने, बैकिङ्ग सेवाको फाइदा, सफा नोटको महत्व, डेबिट÷क्रेडिट कार्डको उपयोग र यसको फाइदा इत्यादिको बारेमा विभिन्न जानकारी दिएको थियो ।
बैंकले आ.व. २०७४।७५ को पहिलो त्रैमास सम्ममा रु. २८ करोड ९ लाख खुद मुनाफा आर्जन गरेको छ साथै हाल बैंकले रु ६४ अर्व ५१ करोड निक्षेप परिचालन गरी रु. ५६ अर्व ६६ करोड कर्जा प्रवाह गरेको छ । गत मंसिर १५ गते बसेको बैंकका वार्षिक साधारण सभाले ९ प्रतिशत बोनस शेयर र ६ प्रतिशत नगद लाभांश गरी जम्मा १५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

बैकले पुर्वमा झापा देखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड, र तराईसम्म आफ्ना ६२ वटा शाखाहरु, ४ वटा एक्स्टेन्सन काउन्टरहरु लगायत ७ शाखा रहित बैकिङ्ग सेवा समेत गरी जम्मा ७३ स्थानवाट ग्राहक महानुभावहरुमा सम्पुर्ण बैंकिङ्ग सुबिधा प्रदान गरिरहेको छ । साथै, बंैकको देशभर ८४ वटा एटीएमहरु संचालनमा रहेको छ ।