राजनीति

४२ मत बढी भएको प्रमाण भेटिएपछि पौडेलद्वारा पुनः मतदानको माग

दमौली, तनहुँ । नेपाली काँग्रेसका युवा नेता एवं तनहुँ क्षेत्र नं २ का प्रदेशसभा १ का उम्मेद्ववार प्रदीप पौडेलले पुनःमतदानको माग गरेका छन् ।

माझिलाङ, सागे नेपालटार, जन जौकुमारी, मीन मावि र उदयमावि केन्द्रको मतगणनामा कूल दुई हजार ३२८ मत हुनुपर्नेमा बढी ४२ मत भेटिएपछि फर्जी मत हालिएको भन्दै पौडेलले पुनः मतदानको माग गरेका हुन् । मुचुल्का गरिएको भन्दा बढी मत देखिएकोे उनले बताए ।
सोही मतगणनाबमोजिम बिना विभागीय मन्त्री एवं माओवादी प्रदेशसभाकी उम्मेदवार आशा कोइराला पाँच मतले विजयी भएपछि पौडेलले उक्त परिणाम आफूले स्वीकार नगर्ने जानकारी दिए ।

“फर्जी मत हालिएकाले सो परिणाम मैले स्वीकार गर्ने कुरै हुदैन पौडेलले भने” निर्वाचन अधिकृत समक्ष ती केन्द्रमा पुन : मतदान हुनुपर्ने माग राख्दै निवेदन दिएको उनले बताए ।

कोइरालाले १६ हजार ६४६ मत पाएर विजयी भएका थिए भने उनका निकटतम प्रतिद्वन्द्वी पौडेलले पाँच मत कम १६ हजार ६४१ मत पाएका थिए । पौडेलका सर्मथकले पुनःमतदानको माग गर्दै दमौली बजारमा नारावाजी गरेका थिए ।