आर्थिक

माछापुछ्रे बैंक र बेलायतको सिफ्ट बिच रेमिट्यान्स सम्झौता

काठमाण्डौँ । माछापुछ्रे बैंक र बेलायतको सिफ्ट फाईनान्सीयल सर्भिसेज बिच रेमिट्यान्स सम्झौता सम्पन्नभएको छ । उक्त सम्झौतापत्रमा माछापुछ्रे बैंकका तर्फबाट बैंकका नायब महाप्रबन्धक सन्तोष कोइराला तथा सिफ्ट फाईनान्सीयल सर्भिसेसका तर्फबाट अध्यक्ष ईदनान सबनले हस्ताक्षर गरेका छन् ।

बेलायतमा मुख्य कार्यालय रहेको सिफ्ट फाईनान्सीयल सर्भिसेजले विश्वका ६६ देशहरुमा आफ्नो संजाल विस्तार गरेको छ । सो सम्झौता पश्चात अष्ट्रेलिया, वहराईन, कुवेत, मलेसिया, पोर्चुगल, कतार, साउदी अरेविया, टर्की, युइनाइटेड अरबइ्रमिरेट्स तथा वेलायतमा रहेका नेपाली दाजूभाई तथा दिदिबहिनीहरुले माछापुछ्रे बैंकको नेपालभरि छरिएका ६२ शाखा, ५००० भन्दा वढी एजेन्ट नेटवर्क, ४ एक्स्टेन्सन काउण्टर र ७ शाखारहित सेवा काउण्टरबाट सजिलो र सरल माध्यमले रकम पठाउनसक्ने जानकारी बैंकले दिएको छ ।