आर्थिक

छोरो गुमाएको दश वर्षपछि बीमा

खोटाङ । ऐसेलुखर्क गाउँपालिका–१ राखावाङ्देलका रत्नबहादुर जोगीले वैदेशिक रोजगारीमा गएको छोराको मलेसियामै मृत्यु भएपछि पाउने आर्थिक सहायताका लागि १० वर्षसम्म दौडधुप गर्नुप¥यो ।

उनको छोरा खेमराजको २०६५ भदौमा काम गर्ने क्रममै मेसिनमा च्यापिएर मलेसियामाा मृत्यु भएको थियो । छोराको मृत्यु भएपछि मलेसियामा गरिएको बिमाबापतको रकम पाउन रत्नबहादुरलाई एक दशक लाग्यो ।

पाँच वर्ष अघि दिक्तेलमा सञ्चालित सुरक्षित आप्रवासन परियोजना सूचना तथा परामर्श केन्द्रको सहयोगमा रकम उपलब्ध भएको उनले बताए । बीमाबापतको रकम रत्नबहादुरलाई दुई लाख ९३ हजार र उनकी श्रीमती सीतामायालाई दुई लाख ९३ हजार उपलब्ध गराएको केन्द्रकी परामर्शकर्ता अम्बिका दाहालले बताइन् । रासस