राजनीति

एमालेले निहुँ खोजे माओवादीले यसरी बनाउँछ कांग्रेससँग मिलेर सरकार !

काठमाण्डौं । नेकपा माओवादी केन्द्रले वरिष्ठ नेता रामबहादुर थापालाई भावी राष्ट्रपतिको रुपमा चुनाव लडाउने तयारी गरिरहेको छ । नयाँ सरकार गठन भएपछि हुन् । चुनावका लागि माओवादी केन्द्रले यस्तो तयारी गरिरहे पनि उपराष्ट्रपति नन्दबहादुर पुनले पनि आफ्नो दाबी कायमै राखेका छन् ।

माओवादी उच्च स्रोतका अनुसार भर्खरै सम्पन्न प्रदेशसभा र प्रतिनिधिसभाको चुनावमा थापाले कहिंबाट पनि उम्मेदवारी नदिएका कारण राष्ट्रपतिमा उनको दाबी पक्का भएको हो ।

स्रोतले भन्यो, ‘एमाले पार्टी अध्यक्ष ओलीजी प्रधानमन्त्री बन्नु भएमा थापा राष्ट्रपति बन्ने पक्का भइसकेको छ । सहमतिले एक जना प्रधानमन्त्री बन्नुहुन्छ भने अर्को राष्ट्रपति ।’

दुई पार्टीका अध्यक्षबीच राष्ट्रपति र सभामुख माओवादीलाई दिने र प्रधानमन्त्री एमालेले लिने लगभग सहमती भइसकेको छ । माओवादीमा सभामुखका लागी कृष्णबहादुर महरा, गिरिराजमणि पोखरेल, अग्नि सापकोटा, हरिबोल गजुरेल र निवर्तमान सभामुख ओनसरी घर्तीमगर लगायतले दाबी गरिरहेका छन् ।

यता एमालेबाट पनि राष्ट्रपति विद्यादेवी भण्डारी एमाले वरिष्ठ नेता झलनाथ खनालले दाबी गरिरहेका छन् । एमालेले राष्ट्रपतिको दाबी नछाडे माओवादी एमालेबीच विवाद बढ्ने निश्चित भएको छ ।

कांग्रेसको पुष्पकमल दाहाललाई प्रधानमन्त्रीमा अफर !

यता नेपाली कांग्रेसका सभापति एव्र प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्री बन्न अफर गरिसकेका छन् । देउवा र दाहालबीच भएको भेटमा देउवाले ‘देशले मागेको प्रधानमन्त्री तपाईं हो त्यसैले तपाईले प्रधानमन्त्री बन्नुपर्यो’ भनेका थिए ।

एमालेलेका वरिष्ठ नेता इश्वर पोखरेलले वामगठबन्धनको एकतापछि ओली नै प्रधानमन्त्री र पार्टी अध्यक्ष पनि ओली नै हुने बताएपछि माओवादी एमालेसँग चिढिएको थियो । एमालेले माओवादीसँग निहुँ खोजेमा कांग्रेससँग मिलेर सरकार चलाउने दाउमा पार्टी अध्यक्ष दाहाल रहेको स्रोतले बतायो ।

एमाले–माओवादीको विवादले यसरी हुनेछ कांग्रेसलाई फाइदा

यदी एमाले–माओवादी दुवै दलले आफ्नो अडान जारी राखेमा कांग्रेसलाई फाइदा पुग्ने देखिन्छ । एमालेको लिडेढिपी अडान रहेकाले माओवादी तल पर्न चाँहदैन । स्रोतका अनुसार एमालेले यसअघिकै सरकार चलाउँदा माओवादीलाई धोका दिइसकेको छ । त्यसैले माओवादी पनि सचेत छ । एमालेले धोका दिँदा कांग्रेसँग मिलेर माओवादीले आलोपाले सरकार चलाइसकेको छ । कांग्रेसको विस्वासमा रहेको माओवादीले एमालेले धोका दिएमा कांग्रेससँग ओलोपालो सरकार चलाउने देखिन्छ ।