राजनीति

आफ्ना विश्वास पात्र लिएर ओली लामटाङ उडे, माओवादी शंशकित !

काठमाण्डौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली एकाएक रसुवाको लामटाङ पुगेका छन् । उनी एमालेकै वरिष्ठ नेतालाई लिएर लामटाङ पुगेको स्रोतले बताएको छ ।

मंगलबार हेलिकोप्टर चार्टर गरेर एमालेका महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल, स्थायी समिति सदस्य सुवास नेम्वाङ र शंकर पोखरेललाई लिएर लामटाङ उडेका हुन् ।

वाम गठबन्धनको चुनावी सभामा सम्बोधन गरेर थाकेका ओली एकाएक रसुवा उडेपछि वाम गठबन्धनमा तरंग पैदा गरेको छ । एमाले महासचिव ईश्वर पोखरेलले पार्टी अध्यक्ष, संसदिय दलको नेता र प्रधानमन्त्री पनि ओली नै बन्ने भनेपछि माओवादी केन्द्रमा तरंग उत्पन्न भएको छ ।

विवादित विषय बोलेका पोखरेललाई सँगै लिएर जानुलाई निकै अर्थपूर्ण रुपमा हेरिएको छ । ओलीले चार जना विश्वास पात्रलाई लिएर लामटाङ उडेपछि माओवादी केन्द्रमा शंका उत्पन्न भएको छ । उनीहरु किन रसुवा उडे भन्ने खुलाइएको छैन । यहिबेला ओली आफु निकट नेता लिएर लाङटाङ पुग्नुले माओवादीसंग पार्टी एकता र सरकार निर्माणका विषयमा आफ्नो तर्फबाट रणनीति बनाउने तयारी हुनसक्ने अड्कलबाजी समेत शुरु भएको छ ।