काठमाण्डौं । नेकपा एमाले, नेपाली काँग्रेस र माओवादी केन्द्रले समानुपातिकतर्फका सांसदको नाम सार्वजनिक गरिसकेका छन् ।
सवैभन्दा ठूलो दल एमालेले समानुपातिकबाट बढीमा तीन पुरुष सांसद् लैजान सक्ने अवस्था देखिएको छ । बन्दसूचीमा समावेश अधिकांश महिलाको प्रतिनिधित्व करिव निश्चित देखिएको छ ।
माओवादीबाट २ र कांग्रेसबाट भने १९ पुरुषको समानुपातिकबाट प्रतिनिधित्व हुनेछ ।
एमालेले प्रत्यक्षमा ८० सिट जितेको छ । जसमा झापा २ बाट पवित्रा निरौला खरेल र स्याजा २ बाट पद्माकुमारी अर्यालबाहेक अरु महिलाले जित्न सकेका छैनन् । समानुपातिकमा एमालेले ४१ सिट पाउने देखिएको छ ।
कूल एमालेमा सांसद् संख्या १२१ हुनेछ । संवैधानिक व्यवस्था अनुसार एक तिहाई महिला अनिवार्य रुपमा पु¥याउन ४० महिला हुनुपर्नेछ । दुई महिलाको प्रतिनिधित्व प्रत्यक्षमा भएकाले यो संख्या ३८ मा सीमित हुनसक्छ। समानुपातिकतर्फको ४१ सिटमध्ये ३८ मा महिला पठाउँदा ३ जनामात्र पुरुष सिफारिस हुन सक्ने अवस्था छ ।
कांग्रेस
कांग्रेसले १९ पुरुष समानुपातिकबाट प्रतिनिधित्व गराउनेछ ।
कांग्रेसले प्रत्यक्षमा २३ सिट जितेको छ । समानुपातिकमा कांग्रेसले ४० सिट पाउने देखिन्छ । दुबैतर्फ गरी कांग्रेसमा ६३ सांसद् हुनेछन् । एक तिहाइ महिलाको संख्या पु¥याउन २१ जना समानुपातिकबाटै सिफारिस गर्नु पर्नेछ । प्रत्यक्षमा कांग्रेसबाट एकजना पनि महिला निर्वा्चित भएका छैनन् ।
४० सिट समानुपातिकमध्ये २१ महिला सिफारिस गरेर बाँकी रहेको १९ जनामा कांग्रेसले पुरुष उम्मेदवार छनोट गर्न सक्नेछ ।
खसआर्यः पुरुषबाट बालकृष्ण खाँड, दिलेन्द्र बडु, किशोरसिंह राठौर, सत्यनारायण खनाल, सूर्य केसी
जनजातिः बहादुरसिंह लामा, कर्मा घले, उमेश श्रेष्ठ, जिपछिरिङ लामा, दिव्यमणि राजभण्डारी
दलितः मीन विश्वकर्मा, प्रकाश रसाइली, नरभान कामी
मधेशीः बिनोद चौधरी, अनिल रुगटा, रामचन्द्र तिवारी, लक्ष्मण राय
मुस्लिमः अतहर कमाल मुसलमान छन् ।
एमाले
जनजातिः विजय सुब्बा, खगेन्द्र राई र केशवलाल श्रेष्ठ
खस आर्यः मुकुन्द न्यौपाने, सोमना प्यासी, डा. पुष्प कँडेल, डा. दिनेशचन्द्र देवकोटा
मधेशीः मोती दुगड, पूर्व उपसभामुख गंगा यादव
दलितः रामप्रित पासवान
मुस्लिम पुरुषः सलिममियाँ अन्सारी
मुस्लिम महिलाः कालिला खान
माओवादी केन्द्रबाट सांसद हुनेको नामावलीः
माओवादीले प्रत्यक्षमा ३६ सिट जितेको छ । समानुपातिकमा उसले १७ सिट पाउने देखिन्छ ।
कूल सांसद् ५३ हुँदा १८ जना महिलाको प्रतिनिधित्व अनिवार्य रहन्छ । प्रत्यक्षमा माओवादीबाट ३ महिला निर्वा्चित भएका छन् । थप १५ जना महिला समानुपातिकबाटै लैजानु पर्नेछ । समानुपातिकको १७ सिटमध्ये बाँकी २ कोटामा मात्र पुरुषको प्रतिनिधित्व हुनेछ ।
खसआर्यः हितराज पाण्डे, मणि थापा, लोकमणि ढकाल
जनजातिः सुरेश आलेमगर, सुनील मानन्धर, परशुराम तामाङ, पासाङ शेर्पा, नवीन रोका
पिछडिएको क्षेत्रः प्रेमबहादुर सिंह
मधेशीः जोगकुमार यादव, गोपाल ठाकुर, बलराम महतो