मनोरञ्जन

आनन्दजीको चुम्बनले रेखा लठ्ठै !

एजेन्सी । बलिउड क्षेत्रकी चर्चित अभिनेत्री रेखालाई यस वर्षको स्मिता पाटिल मेमोरियल अवार्डबाट सम्मानित गरिएको छ ।

मुम्बईमा आयोजित विशेष कार्यक्रममा संगीतकार आनन्दजीले रेखालाई अवार्ड हस्तान्तरण गरे । कार्यक्रममा स्मिताका छोरा प्रतीक बब्बर र सम्मानित अभिनेत्री रेखाले आफ्ना अनुभव साटासाट गरेका थिए ।

‘स्मिताको नाममा अवार्ड पाउँदा मलाई एकदमै खुसी लागेको छ । तपाईंहरूले जे निर्णय गनुभयो त्यो उचित छ । मलाई लाग्छ, यो अवार्डको हकदार म नै हुँ’, अवार्ड थापेपछि रेखाले भनिन् ।

‘मैले अवार्ड पाएर मात्रै स्मिताको तारिफ गरेको होइन । अभिनेत्रीका रूपमा उनी ब्रिलियन्ट हुन्’, उनले भनिन्, ‘अरू कोही र मभन्दा पनि उनी उत्कृष्ट हुन् । यो अवार्ड प्रत्येक दुई वर्षमा प्रदान गरिन्छ ।