आर्थिक

साढे ३ अर्बमा दुईवटा हेलिकोप्टर किन्दै सेना

काठमाण्डौ ।  अर्थ मन्त्रालयले एउटा हेलिकपटर र दुईवटा जहाज खरिद गर्न नेपाली सेनालाई रकम निकासा गरेको महिना दिन बित्न नपाउँदै सेनाले थप दुई एमआई १७-भी-५ हेलिकप्टर खरिद प्रक्रिया अघि बढाएको छ ।

रुसका कजान हेलिकप्टरले उत्पादन गर्ने एमआई १७-भी-५ को हेलिकप्टर खरिद गर्न सेनाले रक्षा मन्त्रालययमा प्रस्ताव पठाइसकेको छ ।

मन्त्रिपरिषद बैठकले स्वीकृत गरेपछि रुसको सरकारी स्वामित्वको रोसोबोरोनेक्सर्पोसंग दुईवटा एमआई १७ भी ५ हेलिकप्टर खरिद सम्झौता हुन्छ, जंगी अड्का श्रोतले जानकारी दिएको छ ।