काठमाण्डौ । अदालतको अवहेलना मुद्दामा पक्राउ परेका डा. गोविन्द केसीले असहज महशुस गरेपछि एम्बुलेन्समा राखिएको छ । सर्वोच्च प्रशासनले बयान लिन केही समय लाग्ने भनेपछि उनले पनि आफूलाई असहज महशुस भएको बताएका थिए ।
उनलाई अहिले सर्वोच्च पछाडिको खाली जग्गामा राखिएको छ । मुद्दा महाशाखाका प्रमुख नारायण पन्थीको कार्यकक्षमा राखिएका केसीलाई एम्बुलेन्समा राखिएको छ । केसीसँग सुरुमा बयान लिने र सकिएपछि अवहेलना मुद्दामा सुनुवाई हुनेछ ।
बयान सकिए मंगलबार नै पूरक पेसी सूची सार्वजनिक हुनेछ वा अर्को दिन सुनुवाइ हुनेछ । केसीसँगै उनका कानुन व्यवसायी सुरेन्द्र भण्डारी उपस्थित छन् ।
केसीलाई सिंहदरवार प्रहरी वृत्तबाट सर्वोच्च लगिएको थियो ।