मनोरञ्जन

सार्वजनिक भयो एलिसाको बोल्ड सिनमा ‘जाउँ हिड’(भिडियोसहित)

पोखरा । जापानमा रहेर नेपाली साहित्य संगीतमा कलम चलाउदै आएकी रामेछापकी स्मृति मोक्तानको शब्दमा जाउँ हिड मैच्याङ्ग सार्वजानिक भएको छ । दर्शन लामाको सुरिलो आवाजमा सजिएको उक्त गीतमा सुसान लामाको संगीत रहेको छ ।

नर्वु शेर्पा द्वारा एरेन्ज गरिएको उक्त गीतको भिडीयो उत्सव दाहालले छायांकन गरेका हुन् भने निराजन प्रधान र चर्चित मोडेल एलिसा राइले स्क्रिन रोमान्स गरेका छन् । युबराज वाइबको निर्देशनमा तयार पारिएको भिडियोलाई निसान घिमिरेले सम्पादन गरेका हुन् । सो म्युजिक भिडियोलाई बुढा सुब्बा म्युजिक प्रा लि ले बजार व्यबस्थापन गरेको छ ।

यस अघि नै मोक्तानका ‘भन्छौ अरे दुनियालाई’ र ‘तिज गित’ ले बजारमा अत्याधिक चर्चा बटुली सकेको छ भने केहि गीतहरु रेकर्डिङ्ग कै क्रममा रहेको छ ।