राजनीति

मंलबार साँझ बस्ने भनिएको मन्त्रिपरिषद् बैठक स्थगित, प्रदेश प्रमखु तोक्ने विषय अन्यौलमा

काठमाण्डौ । सरकारले आज तोक्ने भनेको सातै प्रदेशका प्रदेश प्रमुख र अस्थायी केन्द्र नतोक्ने भएको छ । आज दिउँसो साढे ४ बजेपछि बस्ने भनिएको मन्त्रिपरिषद बैठक आवश्यक तयारी नपुगेको भन्दै नबस्ने भएपछि प्रदेश प्रमुख र अस्थायी केन्द्र नतोक्ने भएको हो ।

मन्त्रिपरिषद्को बैठक भोली बिहान ९ बजे बस्ने बताइएको छ । निर्वाचन आयोगले बिहीबारसम्ममा प्रदेश प्रमुख नतोके आउँदो २४ गतेका लागि तोकिएको राष्ट्रियसभा चुनाव प्रभावित हुने चेतावनी दिएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार नै प्रदेशप्रमुख र अस्थायी केन्द्र तोक्ने तयारी गरेका थिए । राजनीतिक सहमतिका आधारमा प्रदेश प्रमुख र अस्थायी केन्द्र तोक्ने बताउँदै आए पनि सहमति जुट्न नसकेपछि यी दुवै निर्णय देउवा आफैले गर्न लागेका हुन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार प्रदेश प्रमुखमा पूर्वसचिव एवं निर्वाचन आयोगका पूर्वआयुक्त दोलखबहादुर गुरुङ, मोहनराज मल्ल, अनुराधा कोइराला, रत्नेश्वरलाल कायस्थ, उमाकान्त झा, दुर्गाप्रसाद खनाललगायतलाई सिफारिस गर्ने गरी प्रस्ताव तयार भएको छ ।

राष्ट्रिय जीवनमा महत्वपूर्ण योगदान पु¥याएका र कुनै विवादमा नपरेका व्यक्तिलाई प्रदेश प्रमुख बनाउने सरकारको तयारी छ । यस्तै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार संविधानको धारा २८८ को उपधारा ३ बमोजिम प्रदेशको तत्काल कार्य सञ्चालनका लागि अस्थायी केन्द्र तोक्न लागिएको छ । प्रदेश प्रमुख नतोक्दा अहिलेसम्म प्रदेश सांसखले सपथ लिन पाएका छैनन् ।