मनोरञ्जन

माघको जाडोमा ज्याती मगरले म्याग्देली युवालाई यसरी तताइन्

म्याग्दी । माघ महिना पहिलो दिन अर्थात माघेसंक्रान्ति । जाडोको चरम उत्कर्षको बेला । तर, सेतै कपाल फुलेका आधाबैशेहरु पनि हौसिएका छन् । जोसिएर हुलबाट हात ठड्याइरहेका छन् । यसरी सबैलाई जोस्याउने हुन्, अहिले हट गायिकाको उपमा पाएकी ज्योती मगर ।
घाम अस्ताएर आकाशमा जुनतारा उदाएपछि म्याग्दी र काली नदी बगरको स्टेज चढेकी ज्यातिले नदी किनाराको चिसो सिरेटोमा पनि दर्शकलाई तताउने र मत्ताउने पुरानै शैली पछ्याईन् । मनोरन्जनकी रानी ज्यातिले उत्तेजक हाउभाउ र शैलीमा गीत गाउँन थालेपछि वैंशालु दर्शकहरुलाई नदी किनारको सिरोटोसंगै चल्ने चिसो हावाले छुनै सकेन ।

‘पहिरन र हाउभाउमा ब्यक्तिको निजत्व होला तर सार्वजनिक स्थलमा बोलिने भाषा सिष्ट र मर्यादित हुनु पर्छ ।

शुक्रवारदेखि सुरु भएको छैठौं म्याग्दी महोत्सव तथा माघे सक्रान्ति मेलामा दर्शकलाई सांगीतिक मनोरञ्जनका लागि आयोजकले ६५ हजार पारिश्रमिक दिएर ज्योतिलाई निम्त्याएको हो । जिम्मलबाउकी छोरी, अँध्यारोमा लाको मायाँ, उही मुलाको सिन्की, उही मुलाको चाना, ढाडे बिरालु लगायत गीत उनले गाईन् ।