मनोरञ्जन

ट्रम्पकी श्रीमती मेलिनियाको नग्न फोटोसुटले संसार हल्लायो !

एजेन्सी । १६ वर्षअघि डोनाल्ड ट्रम्पकी तत्कालीन प्रेमिका मेलियायाना कानुसले बेलायतको जिक्यू म्यागेजिनका लागि नग्न फोटो सुट गरेकी थिइन् । ट्रम्पको जेट प्लेनमा यी फोटोहरु खिचिएको थियो । यस तस्विरमा उनले चेन र हिरा लगाएकी छिन् । पेस्तोल बोकेकी छिन् । मेलिना अमेरिकाको फस्ट लेडी बनेकी छिन् । अहिले चर्चा उनको छ ।

जिक्यूका सम्पादक डायलनलाई यसै वर्षको सुरुआतमा द हलिउड रिपोर्टरले यस घटनाका विषयमा प्रश्‍न राखेको थियो । जवाफमा जोन्सले भनेका थिए ‘त्यतिबेला जिक्यूमा फोटो खिचाउन उनी निकै आतूर थिइन् । डोनाल्ड ट्रम्प पनि यी फोटो हेर्न निकै आतूर थिए । उनले आफ्नो कार्यालयमा फोटो पठाइदिन आग्रह गरे । हामीले यस फोटोलाई कभरमा प्रकाशित गर्‍यौं । केही फोटोका प्रिन्ट डोनाल्ड ट्रम्पको कार्यालयमा पठाइदियौं ।’

यस्तो थियो जनवरी २००० को बेलायती संस्करणमा जिक्यूले नग्न तस्विर समावेश गरेर लेखेको समाचारः ‘ के स्टाइलिस जेट–सिट चाहिन्छ ? चाहिने भए सेक्स, स्टायल र १८ क्यारेटको सुनका सिल्ट बेल्ट महत्वपूर्ण छन् । सुपर मोडल मेलियाना १४ पृष्ठको हाई लिभिङका लागि लन्च प्याड हुन् । ३० हजार फिटमाथि यात्रा गरिरहदाँ तपाईले कहिल्यै अर्को व्यक्तिसँग समिप्यमा आउने कल्पना गर्न सक्नुहुन्छ ? तपाईको यो कल्पना अब भर्जिन एटलान्टिकमा पुरा हुनसक्छ । यहाँ अपर क्लास प्यासेन्जरलाई डबल बेडको व्ववस्था छ । यदी तपाई यस्तो यात्रा गर्न चाहनुहुन्छ भने तपाईले जेट–सिटमा यात्रा गर्नुपर्छ । यसका केही नियम छन् । डोनाल्ड ट्रम्पले कसरी यस्तो गर्ने भन्ने विषयमा हामीलाई देखाउँनेछन् । न्यूयोर्कका धनाढ्य ट्रम्प यस जेट प्लेनका मालिक हुन् ।

रिफर्म पार्टीको राष्ट्रपति उमेद्वार रहेका ट्रम्प आफ्नो शान्दार ७२७ बोइङलाई लिएर गर्व गर्छन् । उनी इन–फ्लाईट आर्टका विशेषज्ञ हुन् । यस प्लेनका सिट बकल्सहरु १८ क्यारेटको सुनबाट बनेका छन् । ट्रम्पकी पर्सनल होस्टेस २६ वर्षकी स्लोभेनियाली सुपर मोडल मेलियाना कानुस यस विमानकी आर्कषण हुन् । ‘उनी चर्चित छिन् । बुद्धिमान छिन् । मज्जाकी महिला हुन् ।’ ट्रम्पले भनेका छन् ।