दोलखा । दोलखा केन्द्रबिन्दु भएर शुक्रबार पराकम्पन गएको छ । बिहान ८ बजेर ३८ मिनेटमा ४ दशमलव ३ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
केही महिना अगाडि पनि सिन्धुपाल्चोक केन्द्रबिन्दू भएर ४ दशमलव ६ रेक्टर स्केलको पराकम्पन गएको थियो । गत बैशाख १२ गते गोरखाको वारपाक केन्द्रबिन्दु भएर ७ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएको थियो ।