राजनीति

बैठकका एजेण्डाबारे अध्यक्षद्वयबीच छलफल

काठमाडौं । आइतबार बस्ने पार्टी एकता संयोजन समितिको बैठकका एजेण्डा तय गर्न नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच छलफल भएको छ।

केपी ओली निवास बालकोटमा भएको छलफलमा राष्ट्रिय सभाको निर्वाचन, प्रदेश सरकारको गठनका लागि गठित संयुक्त कार्यदलको रिपोर्ट, पार्टी एकता र एकताको साझा दस्तावेजका विषयमा कुराकानी भएको थियो।

दुई नेताबीच भएको छलफलमा बैठकका एजेण्डाबारे छलफल भएको र सोमबार दिउँसो पार्टी एकता संयोजन समितिको बैठक बस्ने माओवादी केन्द्रका अध्यक्ष दाहालले सञ्चारकर्मीलाई जानकारी दिनुभयो।