राजनीति

नवराज सिलवाल विश्वका प्रहरीको हातबाट नबच्ने, इन्टरपोलले डिफ्युजन नोटिस जारी गर्यो

काठमाण्डौ । नेकपा एमालेका सांसद तथा पूर्व डीआइजी नवराज सिलवालको खोजी गर्न इन्टरपोलले डिफ्युजन नोटिस जारी गरेको छ ।

आइजीपी बढुवा सम्वन्धि कार्यसम्पादन मूल्यांकन किर्ते अभियोगमा सिलवाललाई बयानका लागि बोलाउँदा उपस्थित नभएपछि र प्रहरीको पक्राउ प्रयास लगातार असफल भएपछि प्रहरीले डिफ्युजन नोटिश जरी गरेको हो ।

नेपाल प्रहरीको सिफारिसमा इन्टरपोलले सिलवाललाई पक्राउ गर्न डिफ्युजन नोटिस जारी गरेको हो ।

ललितपुर क्षेत्र १ बाट एमालेबाट प्रतिनिधिसभा सदस्य निर्वाचित सिलवालले आफू जनताका प्रतिनिधिबीच रहेको र प्रहरीकै वरिपरि रहेको बताएपछि आइतबार प्रहरी परिसर ललितपुरबाट १ सय ६५ जनाको टोली उक्त क्षेत्रमा परिचालित भएपनि  तर उक्त प्रयास असफल भएको थियो ।

कार्यसम्पादन मूल्यांकनमा किर्ते भएको भन्दै सिलवालसँग सोधपुछ र बयान लिन काठमाण्डौ प्रहरीले उनलाई पक्रन गत पुस १८ मा ललितपुर प्रहरीलाई पत्राचार गरेको थियो ।

डिफ्युजन नोटिस जारी भएपछि अभियुक्तलार्इ जुनसुकै मुलुकका प्रहरीले पूर्व पक्राउ गर्न सक्छन् ।

सिलवाललाई पनि यो नोटिसले मार्फत विदेशी प्रहरीले पक्राउ गरी नेपाल प्रहरीको जिम्मा लगाउन बाटो खुलेको छ । यसअघि प्रहरी प्रधान कार्यालयले ७७ वटै जिल्ला प्रहरी कार्यालयलाई पत्राचार गरी सिलवाल कहीकतै भेटिए पक्राउ गरी महानगरीय प्रहरी परिसर काठमाण्डौको जिम्मा लगाउन निर्देशन दिएको थियो ।

त्यसअघि ललितपुरको गोदावरी स्थित निवासमा सिलवाल पक्राउ गर्न पुगेको ललितपुर प्रहरीको टोली उनी नभेटिएपछि रित्तो हात फर्किएको थियो ।