आर्थिक

आइएमईका व्यवसायीक साझेदार युएई भ्रमणमा

काठमाडौं । गएको आर्थिक वर्षका पछिल्ला छ महिनामा व्यवसायीक साझेदारहरुले गरेको रेमिटेन्स कारोवारका आधारमा आइएमई आफ्ना दश व्यवसायीक साझेदारहरुलाई युएईको दश दिवसीय भ्रमण गराएको छ । बजार एवम् व्यवसायको आकार र भौगोलिक अवस्थितीको आधारमा व्यवसायीक साझेदारहरुलाई निश्चित लक्ष्य तोकी विभिन्न समुहमा बर्गिकरण गरिएको थियो । यो मुल्यांकन अवधिमा उत्कृष्ट कारोबार गरी लक्ष्य प्राप्तगर्न सफल प्रत्येक समुहबाट एक/एक गरी कुल दशजनालाई युएई भ्रमणको अवसर उपलब्ध गराइएको थियो ।

त्यस्तै गत मंसिरमा आफ्ना दशजना व्यवसायीक साझेदारहरुलाई आइएमईले सुदुरपश्चिमस्थित मुगुमा अवस्थित रारा तालको भ्रमण गराएको थियो । आठ दिवसीय उक्त भ्रमणमा आर्थिक वर्ष २०७३/७४ मा दिइएको व्यवसायीक साझेदारमूखि ब्यापार प्रवद्र्घनात्मक कार्यक्रम अन्तर्गत दश व्यवसायीक साझेदारहरुलाई छनोट गरिएको थियो ।