आर्थिक

ग्लोबल आइएमई बैंकका थप दुई शाखा

काठमाण्डौ । ग्लोबल आइएमई बैंकले मिति २०७४ माघ १० गते बुधबार देखि गुल्मी जिल्लाको छत्रकोट गाउपालिका वडा नं. ४, दिगाममा आफ्नो ६३ औँ तथा अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वडा नं. ४ वाड्लामा ६४ आँै शाखारहित बैकिङ्ग सेवा सुरु गरेको छ । गुल्मी जिल्लाको छत्रकोट गाउपालिका वडा नं. ४, दिगाममा खोलिएको शाखारहित बैंकिङ्ग सेवाको लागि भगिरथ बहुउदेशिय सहकारी संस्था र अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वडा नं. ४ वाड्लामा खोलिएको सेवाको लागि स्थानिय पशुपति भट्टाई लाई व्यवसायीक प्रतिनिधि नियुक्त गरिएको छ ।
कृषि र रेमिट्यान्स मुख्य आयस्रोत रहेका यि दुवै क्षेत्रका बासिन्दा बैंकिङ्ग सेवा उपभोग गर्नका लागि टाढा–टाढासम्म पुग्नुपर्ने बाध्यतालाई मध्यनजर गरि ग्लोबल आइएमई बैंकले ति स्थानहरुमा शाखारहित बैंकिङ्ग सेवा सुरु गरेको हो ।
ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले ११३ वटा शाखा, १२७ वटा एटिएम, ४ वटा एक्सटेन्सन काउण्टर, १४ वटा राजश्व संकलन काउण्टर र आजबाट ६४ शाखा रहित बैंकिङ्ग सेवा माफर्त आफ्ना ग्राहकहरु माझ सेवा प्रदान गर्दे आइरहेको छ ।

त्यस्तै बैंकले अत्याधुनिक प्रविधियुुक्त भाईवर बैंकिङ्ग सेवा, मोबाइल बैंकिंङ्ग सेवा, इन्टरनेट बैंकिंङ्ग सेवाको साथमा अष्टे«लिया, बेलायत र भारतमा प्रतिनिधि÷सम्र्पक कार्यालय स्थापना गरेर ति देशमा रहेका नेपालीहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ । त्यसैगरि बैंकले मलेसिया, दक्षिण कोरिया, कतार, युएई, बहराइन लगायतका मुलुकबाट रेमिट्यान्स सेवा समेत प्रदान गर्दै आइरहेको छ ।