आर्थिक

राष्ट्र निर्माणमा लाग्न अध्यक्ष श्रेष्ठको आग्रह

गौशाला । निर्माण व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष विष्णुभाइ श्रेष्ठले देश संक्रमणकालबाट बाहिर निस्कने प्रयास गरिरहेको अवस्थामा देश निर्माणमा एकजुट भएर लाग्न निर्माण व्यवसायीलाई आग्रह गरेका छन् ।

निर्माण व्यवसायी संघ महोत्तरीको आज १२ औं साधारण सभाको उद्घाटन गर्नुहुँदै केन्द्रीय अध्यक्ष श्रेष्ठले नेपालमा प्रादेशिक संरचना लागू भएपछि निर्माण व्यवसायीमाथि थप निर्माणको कार्यभार परेकोले आ–आफ्नो ठाउँबाट देश, प्रदेश र स्थानीय तहको विभिन्न विकास निर्माणको काममा महत्वपूर्ण भूमिका खेल्न आग्रह गरे ।

कार्यक्रममा निर्माण व्यवसायी संघ महोत्तरीका पूर्व अध्यक्ष इन्द्रराजप्रसाद सिंह, मुनेश्वर चौधरी, कृष्णकान्त पाठक, पवन साह, नेपाल पत्रकार महासंघ महोत्तरीका अध्यक्ष कमलेश मण्डल, उद्योग वाणिज्य संघ जलेश्वरका अध्यक्ष कृपाशंकर साह, नेपाली काँग्रेस, नेकपा एमाले, संघीय समाजवादी फोरम नेपाल लगायतदलका प्रतिनिधिले सम्पूर्ण निर्माण व्यवसायी संघका उम्मेदवारलाई सहमतिमै गएर कार्यसमिति चयन गर्न सल्लाह दिनुहुँदै कार्यक्रमको सफलताको शुभकामना गरे ।

महोत्तरी निर्माण व्यवसायी संघ महोत्तरीमा कूल १३२ जना सदस्य रहेका छन् ।