आर्थिक

ज्योती बिकास बैंकको भिसा कार्ड निःशुल्क

काठमाण्डौ । ज्योति विकास बैंकले SCT Debit Card लाई प्रतिस्थापन गरि Visa Debit Card ल्याएको छ । SCT Debit Card का ग्राहक महानुभावहरुले पुरानो कार्डको सट्टामा सबन्धित शाखाबाट भिषा कार्ड निशुल्क प्राप्त गर्न ने बताएको छ । यस बैक ग्राहक महानुभावहरुलाई आत्याधुनिक सेवा प्रदान गर्न सदैव कटिबद्ध रहेको बैंकका निमित्त प्रमुख कार्यकारी अधिकृत मदन कुमार महतले बताएका छन् ।

बैंक संचालनमाआएको दशौंवर्षमा बैंकको छवि बजारमा स्थापितगर्न सफलभएकोे छ । आफ्ना ग्राहकको आवश्यकता र सुविधालाई ध्यानमा राखि बैंकले निःशुल्क ईन्टरनेट बैंकिङ्ग सेवा, मोबाइल बैंकिङ्ग सेवा, लकर सेवा, एटिएम सेवा, ३६५ दिने बैंकिङ्ग सेवाका साथ ABBS सेवा समेत उपलब्ध गराएको छ । हाल बैंकले ५० वटा शाखा एवं १४ वटा एटिएम मार्फत सेवा उपलव्ध गराउँदै आएको छ ।

निकट भविष्यमानै बैंकको १० वटा नयाँ शाखा संचालनमा ल्याउने लक्ष्य रहेको छ । हालसम्म बैंकले करिब १ लाख २२ हजारभन्दा बढि खाताबाट १३ अर्व ४५ करोड निक्षेप संकलन गरी १० हजारभन्दा बढि ऋणी मार्फत १२ अर्व ४३ करोड ऋण लगानीगर्न सफलभएको छ । बैंकले हालै जारी गरेको बोनस सेयर समेत गरी कुल चुक्तापूँजी रु.२ अर्व ५९ करोड पुग्नेछ ।