आर्थिक

निर्माण व्यवसायी संघमा राय प्यानलसहित विजयी

गौशाला । निर्माण व्यवसायी संघ महोत्तरीमा राजेश्वर राय प्यानलसहित विजयी भएका छन् । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा गए राति अबेर सम्पन्न संघको निर्वाचनमा आफ्ना प्रतिद्वन्द्वी मुनेश्वर चौधरीलाई २९ मतले पराजित गर्दै राय विजयी भएको हो ।

सम्पन्न निर्वाचनमा अध्यक्ष पदमा राजेश्वर रायले ७७ मत ल्याउँदै विजयी भएको छ भने उनको प्रतिद्वन्द्वी मुनेश्वर चौधरीले ४८ मत ल्याएको निर्वाचन अधिकृत सुनिल पंकज कर्णले बताए ।

त्यस्तै उपाध्यक्षमा अमितकुमार साह , द्वितीय उपाध्यक्षमा सोवीन्द्र चौधरी, सचिवमा विमलेशकुमार सिंह , उपसचिवमा विकासकुमार भगत र कोषाध्यक्ष पदमा अरुणकुमार झा विजयी भएका छन्।

त्यसैगरी सदस्यहरूमा लवकुमार झा, तेजनारायण सिंह , राजेन्द्र यादव, चुनाबहादुर कोइराला र बबिताकुमारी साह विजयी भएका छन् ।