मनोरञ्जन

गायक रामकृष्ण ढकाल आए यमराजसँग मित लगाएर

काठमाडौं । कसले सोच्न सक्ला यमराजसँग मित लगाउँने कुरा रु नराम्रो काम गरेमा मरेपछि यमराजले सजाय दिन्छन् भन्ने त सुनिएको हो र मित नै लगाएर कोही मान्छे फर्किएला ? यो त कल्पना पनि गर्न नसकिने कुरा हो तर यहाँ एक जना शिक्षक यमराजसँग मित लगाएर फेरि पनि मानवीय संसारमा फर्किएका छन् । यसरी यमराजसँग मित लगाएर आफ्नो वास्तविक कथालाई नै गीतको रुप दिएर अब्बल श्रष्टा समेत बनेका व्यक्तिको नाम हो सुन्दर पन्त । अनि उनको गीत गाएका छन् गायक रामकृष्ण ढकालले ।

सुन्दर पन्तले जीवनमै पहिलो पटक लेखेको गीत सार्वजनिक भएको छ । नेपालका चर्चित गायक गायिकालाई गीत गाउँन लगाएर साँगीतिक बजारमा राम्रो गीतकारको परिचय बनाई सकेका उनको पहिलो पटक लेखेको गीत भने भर्खरै सार्वजनिक भएको हो । यस गीतमा उनले आफ्नै भोगाई व्यक्त गरेका छन् भने बिपिन आचार्यको संगीत रहेको छ ।