राजनीति

यसरी भयो बाझाबाझमा केन्द्रीत, काँग्रेस केन्द्रीय समितिको दोस्रो दिनको बैठक

काठमाण्डौ । नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सम्पन्न भएको छ । यस पटकको बैठकमा गोपालमान श्रेष्ठ र रामचन्द्र पौडेलको मर्यादाक्रमलगायतका बिषयमा ब्यापक बिबाद भएको छ । पूर्ब संस्थापन र बर्तमान संस्थापनका नेताहरुबीच बाझाबाझ समेत देखिएको छ ।

दोस्रोदिन चलेको बैैठकमा नेपाली कांग्रेस निर्वाचन समिक्षा सम्बन्धी गर्दै केन्द्रीय सदस्यहरु— ज्ञानेन्द्र बहादुर कार्की, नरहरि आचार्य, दिलेन्द्रप्रसाद बडू, जीवनबहादुर शाही, नविन्द्रराज जोशी, गुरुराज घिमिरे, कल्याणकुमार गुरुङ, बीरबहादुर बलायर र हरिप्रसाद नेपालले आ–आफ्नो धारणा राखेका थिए ।

बैठक २०७४ चैत्र १२ गते विहान ९ः०० बजे पार्टीको केन्द्रीय कार्यालय, ललितपुरमा पुनः बस्ने मुख्यसचिब कृष्णचनद्र पौडेलले बताएका छन् ।