आर्थिक

एनआईसी एशिया बैंकको २०७५ सालको क्यालेन्डर सार्वजानिक

काठमाण्डौ । एन आई सी एशिया बैंकले नयाँ वर्षको पुर्वसन्ध्यामा २०७५ सालको क्यालेन्डर सार्वजनिक गरेको छ । बैंकका अध्यक्ष तुलसीराम अग्रवालद्वारा एक समारोहको बिच बैंकको आफ्नो रजिस्ट्र्राड कार्यालय, थापाथलीमा उक्त नयाँ सालको क्यालेन्डर सार्वजनिक गरे ।

क्यालेन्डर सार्वजनिक गर्दै बैंकका अध्यक्ष अग्रवालले नयाँ वर्ष २०७५ सालको शु–अवसरमा सम्पूर्ण ग्राहक महानुभावहरु, सेयरधनिहरु, नियमनकारी निकायहरु, कर्मचारीवर्गहरु एवं प्रत्यक्ष एवं अप्रत्यक्ष तवरबाट जोडिएका सबै बर्गमा नव वर्षको शुभकामना ब्यक्त गरे । उक्त कार्यक्रममा बैंकका निवर्तमान अध्यक्ष  जगदीश प्रसाद अग्रवाल, अन्य सञ्चालकज्यूहरु र बैंकका कामु प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने लगायतका उच्च पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।