आर्थिक

प्रभु बैंक र नेपाल मेडिसिटी विच छुट सम्झौता

काठमाण्डौ । बैशाख ०२ गतेका दिन प्रभु बैंक र ललितपुर जिल्ला ललितपुर महानगरपालिका वडा नं. ११, सैंबु स्थित नेपाल मेडिसिटीविच प्रभु बैंकका कर्मचारी तथा ग्राहकहरुलाई सेवा सुविधामा लाग्ने शुल्कमा छुट उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ ।

उक्त सम्झौतामा बैंकका तर्फबाट चिफ मार्केटिङ्ग अफिसर अशोक खड्गी र नेपाल मेडिसिटीका तर्फबाट महाप्रबन्धक बिजय रिमालले हस्ताक्षर गरे ।

प्रभु बैंक र नेपाल मेडिसिटी बिच सम्पन्न द्धिपक्षीय सम्झौता बमोजिम प्रभु बैंकका कर्मचारी तथा बैंकका प्रिभिलेज कस्टुमर एवं डेविट तथा क्रेडिट कार्ड होल्डरहरुलाई नेपाल मेडिसिटी (अश्विन्स मेडिकल कलेज एण्ड हस्पिटल प्रा.लि.) प्रदान गरिने सेवाहरुमा लाग्ने सेवा शुल्कमा १० प्रतिशत सम्म छुट सुविधा उपलब्ध हुनेछ ।

नेपाल मेडिसिटीसँगको यस सम्झौता पश्चात् प्रभु बैंकका सम्पूर्ण कर्मचारी एवं बैंकका उल्लेखित ग्राहक महानुभावहरु नेपाल मेडिसिटीको उच्चस्तरीय स्वास्थ्य सेवा सुपथ मुल्य उपभोग गरी लाभान्वित हुनुहुनेछ भन्ने बैंकले विश्वास लिएको छ ।