आर्थिक

माछापुछ्रे बैँकद्वारा खाद्यान्न वितरण

काठमाण्डौ । माछापुच्छ्रे बैंकले संस्थागत सामाजिक उत्तरदायित्व निर्वाह गर्ने क्रममा बैशाख १ गते नव बर्षको उपलक्ष्यमा भिमदत्त नगरपालिका, कञ्चनपुर स्थीत महिला तथा बृद्ध सेवा केन्द्रमा खाद्यान्न वितरण कार्यक्रम सम्पन्न गरेको छ ।

उक्त आश्रमले प्रदेश नं ७ का ९ वटै जिल्लाका जेष्ठ नागरिक ४७ जना, हिंसा पिडित महिला ८ जना र हिंसा पिडित बालबालिका ८ जना गरि जम्मा ६३ जनालाई संरक्षण गरिरहेको जनाएको छ । बैंकले एक कार्यक्रमका बिच आश्रमलाई छ महिना सम्म पुग्ने बराबरको खाद्यान्नहस्तान्तरण गरेको छ । आगामी दिनहरुमा यस्तासामाजिकउत्तरदायित्व वहन गर्न कार्यक्रमहरुमा निरन्तरता दिइरहने समेत बैंकले जनाएको छ ।

बैंकले पुर्वमा झापा देखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड, र तराईसम्म आफ्ना ६२ वटा शाखाहरु, ४ वटा एक्स्टेन्सन काउन्टरहरु लगायत १८ शाखा रहित बैंकिङ्ग सेवा समेत गरी जम्मा ८४ स्थानबाट ग्राहक महानुभावहरुमा सम्पुर्ण बैंकिङ्ग सुबिधा प्रदान गरिरहेको छ । साथै, बैंकको देशभर ८६ वटा एटीएमहरु संचालनमा रहेको छ ।