आर्थिक

सन्राइज बैंकको नयाँ वर्ष २०७५ सालको क्यालेन्डर विमोचन

काठमाण्डौं । सन्राइज बैंकको नयाँ वर्ष २०७५ सालको क्यालेन्डरको विमोचन एक औपचारिक समारोहका बिच बैंकको केन्द्रीय कार्यालय, गैरिधारामा गरियो । बैंकले अन्नपूर्ण पोष्ट दैनिकको अंकुर, नागरिक दैनिकको जुनकीरि र कान्तिपुर दैनिकको कोपिला पृष्ठमा १ वर्ष भित्र प्रकाशित विभिन्न विद्यालयमा अध्ययनरत कक्षा १ देखि कक्षा ५ सम्मका बालबालिकाहरुका चित्रहरूलाई आफ्नो क्यालेन्डरमा समावेश गर्दै आएको छ ।

स–साना बालबालिकाहरुले आफ्ना मानसपटलमा रहेका सोच, जिज्ञासा तथा रचनाहरुलाई चित्रकारीताको माध्यमबाट अभिव्यक्त गरेकोमा बालबालिकाकोे प्रतिभालाई अझै प्रस्फुटन र प्रोत्साहन गर्ने उद्देश्यले बैंकले उक्त चित्रहरूलाई समावेश गरेको हो ।

उक्त विमोचन समारोहमा बैंकका अध्यक्ष मोती लाल दुगड, संचालकहरू ई.बच्छराज तातेड, दीपक नेपाल,  ज्योती कुमार बेगानी तथा प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यद्वारा बालबालिकाहरुलाई प्रोत्साहन स्वरुप नगद तथा खाद्य सामाग्रीहरु प्रदान गरे ।

साथै बैंकको भरतपुर र झुम्का शाखा कार्यालयहरुको शाखा प्रमुखहरुद्धारा उपत्यका बाहिरका चित्रकार बालबालिकाहरुलाई यस बैंकको क्यालेन्डरमा उनीहरुको प्रकाशित रचनाको लागि प्रोत्साहन स्वरुप नगद तथा खाद्य सामाग्रीहरु प्रदान गरियो । उक्त अवसरमा बालबालिका तथा निजका अविभावकहरूले बैंकले यस्तो फरक सोच तथा कार्यले स–साना बालबालिकालाई थप प्रोत्साहित तथा प्ररेणा मिल्ने विचार व्यक्त गर्दै बैंकलाई धन्यबाद दिए ।