काठमाडौं । एभरेष्ट बैंकले लुम्विनीको मायादेवी परिसर बाहिर रहेको ट्याङ्कीलाई व्यवस्थित गरी हस्तान्तरण गरेको छ । २००० लिटर क्षमताको खानेपानी स्थललाई व्यवस्थित गरी आज एक कार्यत्रम काविच लुम्विनी विकाश कोष लाई हस्तान्तरण गरीएको हो ।
पर्यटन संस्कृती तथा नागरीक उड्यन मन्त्री रविन्द्र अधिकारीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा लुम्विनी विकाश कोषका वरिष्ठ पदाधिकारीहरु, स्थानीय ब्यापारीहरु, होटल ब्यवसायहरु, सुरक्षा निकायका प्रतिनिधिहरु, स्थानीय तथा सामाजिक संघ संस्थाका प्रतिनिधिहरु तथा बैंकका अन्य बरिष्ठ पदाधिकारीहरुको पनि उपस्थिति थियो ।
एभरेष्ट बैंकले हाल आफ्ना ७० वटा शाखाहरु, ७ एक्सटेन्सन काउन्टर, २८ राजस्व संकलन काउन्टर र ९७ एटिएम तथा बृहत बाह्य सन्जाल मार्फत सेवा प्रदान गर्दै आएको छ ।