१२ साउन, काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेस नेता तथा पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।
देउवाले सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली व्यक्त गर्दै श्रेष्ठको निधनको खबरले आफू स्तब्ध भएको उल्लेख गरेका छन् ।
उनले दिवंगत श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनको आत्माको चिरशान्तिको कामना गरेका छन् । साथै, शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना पनि व्यक्त गरेका छन् ।
नेपालको लोकतान्त्रिक आन्दोलनमा श्रेष्ठले निर्वाह गरेको अग्रणी भूमिका सधैँ स्मरणीय रहने देउवाले बताएका छन् ।





