राजनीति

मृत्युलाई कसले पो रोक्न सक्छ र ? सभापति पंगेनीको निधन, काँग्रेसलाई अपुरणीय क्षती

काठमाण्डौ । नेपाली काँग्रेस स्याङजा जिल्ला सभापति कमल पंगेनीको निधन भएको छ । पारिवारिक श्रोतका अनुसार खाना खाएर जिल्लास्थीत आफ्नै घरमा सुतिरहेकोबेला हृदयघातका कारण उनकने निधन भएको हो ।

०७० सालको संबिधान सभा निर्बाचनमा भारी मतका साथ बिजय भएका पंगेनी छट्पटाइरहेका बेला अस्पताल लगिएको र उक्त समयमा डाक्टरले मृत घोषणा गरेको थियो । एक छोरी, एक छोरी र श्रीमती भएका पंगेनी धेरैजसो काठमाण्डौमा नै बस्दै आएका थिए ।

नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले पंगेनीको निधनले काँग्रेसलाई ठूलो क्षती भएको बताए । जीललास्थीत नेताकार्यकर्ताहरुका अनुसार पंगेनी मिलनसार ब्यक्तीत्व भएका नेतामा थिए ।