आर्थिक

५ सय दरका नयाँ नोट आजदेखि चलनचल्तीमा

३ असार, काठमाडौं । नेपाल राष्ट्र बैंकले आजदेखि पाँच सय दरका नयाँ नोट चलनचल्तीमा ल्याएको छ ।

गभर्नर प्रा.डा.विश्वनाथ पौडेलको दस्तखत रहेका नयाँ नोट साविककै आकार र रंगमा छन् ।

राष्ट्र बैंकले संकेत नम्बर झ ३८ ०००००१ देखि ट ८३ ९९९९९९ सम्मका नोट चलनचल्तीमा ल्याएको जनाएको छ ।

नेपाली नोटको नम्बरिङ प्रणालीमा संकतका अक्षरहरू क, ख, ग गर्दै अगाडि बढ्छन् । यहाँ प्रयोग भएका संकेतहरूस् झ, ञ, ट हुन् र प्रत्येक अक्षर भित्र ०००००१ देखि ९९९९९९ सम्म ९ लाख ९९ हजार ९९९ थान (करिब १० लाख) नोटहरू छापिन्छन्।

यस हिसाबले राष्ट्र बैंकले जारी गरेको सूचना अनुसार पाँच सय रुपैयाँका कुल ३० लाख थान नयाँ नोटहरू चलनचल्तीमा ल्याइएको हो ।

यसअघि नेपाल राष्ट्र बैंकले २०७८ पुस ९ गतेदेखि ५०० रुपैयाँ दर (२०२० सिरिज)का २ लाख ४८ हजार थान नोट चलनचल्तीमा ल्याएको थियो ।

यस्ता छन् नयाँ नोटका विशेषता

नयाँ नोटको अग्रभागमा वायाँतर्फ सगरमाथाको चित्र र दायाँतर्फ लालीगुराँसको पानी छाप छ । तल्लो खण्डमा सिरिज नम्बर २०८२ लेखिएको छ ।

साथै पानी छापको बायाँतर्फ फरक क्षमता भएका (दृष्टिविहीन)हरुले स्पर्श गरेर नोटको दर पहिचान गर्नका लागि दुईवटा कालो थोप्ला रहेका छन् ।

सगरमाथा हिमालको दायाँतर्फ अण्डाकार आकृतिभित्र सीधा हेर्दा सुनौलो र ढल्काएर हेर्दा हरियो देखिने कुबेरका चित्र छ ।

नोटमा गभर्नर प्रा.डा.विश्वनाथ पौडेलको दस्तखत छ ।

साथै ३.५ मि.मी. चौडा भएको सीधा हेर्दा रातो र ढल्काएर हेर्दा हरियो देखिने सुरक्षण धागो राखिएको छ ।

नोटको पृष्ठ भागको मध्य खण्डमा पाटेबाटको चित्र र सोको माथि ल्भ्एब्ी च्ब्क्त्च्ब् द्यब्ल्प् लेखिएको छ ।

नोटको तल्लो खण्डमा च्ग्एभ्भ्क् ँक्ष्ख्भ् ज्ग्ल्म्च्भ्म् र सिरिज नम्बर द्दण्द्दछ ब्म् लेखिएको छ  ।