समाचार

कांग्रेसका अठतीस सभापती स्याङ्जामा !

काठमाडौं । नेपाली काङ्ग्रेस स्याङ्जाका सभापती कमल पङेनीप्रति श्रद्धाञ्जली अर्पण गर्न नुवाकोट जिल्लाका सभापती जगदीश्वर नरसिंह केसीसहित अन्य ३८ जिल्लाका सभापतीहरु स्याङ्जा पुगेका छन् । हृदयघातका कारण २० गते भएको पूर्व सांसद समेत रहेका सभापती पङेनीको निधनप्रति श्रद्धासुमन व्यक्त गर्न उनीहरु त्यहाँ पुगेका हुन् ।

एक श्रीमती, एक छोरा र एक छोरीका अभिभावक पंगेनीप्रति उनको योगदानको संस्मरण गर्दै श्रद्धाञ्जलि व्यक्त गर्न पूर्वमेचि देखि महाकालीसम्मका ३८ सभापतीहरु सभापतीहरु स्याङ्जा पुगेका नुवाकोट जिल्ला सभापती केसीले सूर्यखबरलाई बताए ।

नेपाली काँग्रेस स्याङजाको पार्टी कार्यालयमा श्रद्धाञ्जली सभाको आयोजना गरिएको केसीले बताए । नेपाली काँग्रेस स्याङजाको तीन कार्यकालसम्म सभापति बनेका पूर्वसभासद पंगेनीको ५६ वर्षको उमेरमा निधन भएको थियो ।

संबिधानसभा सदस्यको कुसल भुमिका निर्वाह गरेका नेता पंगेनी मिलनसार राजनेताको भावना बुझ्ने नेताका रुपमा परिचित थिए ।