सामाजिक सञ्जाल

शाहसी पत्रकार चन्द भन्छिन्, ‘राजनीतिक स्तर भए मलाई सीधा फोन गर्नु नत्र घटीया हर्कत नगर्नु’

काठमाण्डौ । पछिल्लो समय सामाजिक सञ्जाल फेसबुक, ट्वीटरमा असमान्य ब्यबहार गर्ने र अनेकन बहानामा दुख दिनेहरुको फेला सेलिब्रिटीदेखि सामान्य मान्छेहरुसमेत पर्न थालेका छन् । आफुलाई मन नपर्ने वा वास्ता नगरेको झिक्मा सेलिब्रिटीको पछि केहि मान्छेहरु गलत तरिकाले पछि लागेका समाचार बेला बखत सुन्न पाइन्छ । बुधबार पनि यस्तै प्रकारको एउटा तनाबको शिकार पत्रकार दिया चन्द भएकी छिन । पत्रकार दीया चन्द अराजनीतिक ब्यक्तीहरु देखेर दिक्क भएकी छन् । उनले आफ्नो जिन्दगी नै धरापमा पारेर अरुको जिन्दगीको पछाडी नलाग्न आग्रह गर्दै सुदुरपश्चिमकी छोरी समेत रहेकी नीडर तथा हक्की पत्रकार चन्द सामाजिक सञ्जाल फेसबुकमा यस्तो स्टाटस लेख्छिन्,

‘केहि मान्छेहरु बुद्धि, बिबेक र संस्कारबिहिन भएपछि राजनीतिक, सैद्धान्तिक, वैचारिक र पद्धतिगत बहसबाट भागेर अराजनीतिक, आपराधिक मानसिकताका साथ सांगठनिक कुरालाई मेरो व्यक्तिगत जीवनसँग जोडेर चरित्र हत्या गर्न लागिपरेको प्रष्ट देखियो । ती भाडाका मान्छेहरु र भाडामा लगाउने महान हस्तीहरुलाई म आग्रह गर्न चाहन्छु की तिमीहरुमा यदि सामान्यभन्दा पनि सामान्य राजनीतिक चेतना, स्तर या हैसियत छ भने कृपया मेरो सम्पर्क नम्बर ९८०१५१७००० मा फोन गरेर कुरा गर्ने शाहस गर । फोन गर्न सक्ने औकात छैन भने कृपया मेसेन्जरको मेसेज हेर र रिप्लाई गर्ने शाहस जुटाउ । त्यो पनि सक्दौनौ भने कम्तिमा आफ्नो जिन्दगी आफै धरापमा नपार । यसलाई मेरो धम्की, आग्रह या चेतावनी जे जसरी बुझ्न सकिन्छ, तिमीहरुको बलबुताले जे बुझ्नसक्छ त्यसरी बुझ र सम्पर्कमा आएर फेस टु फेस कुरा गर । हैनभने बिश्वको जुनसुकै कुनामा लुकेर यस्ता घटिया हर्कत गरेको भए पनि या फेक एकाउन्ट नै चलाएर दुश्मनी साधेको भए पनि खोजबिन गरेर खोरमा हाल्नुको बिकल्प छैन । यस्तालाई सहयोद्धा, सहकर्मी या कार्यकर्ता मान्न सकिदैन ।
जसमध्ये एउटा मान्छे निम्न छ । यो मान्छेको बारेमा जानकारी पाउनुहुने साथीहरुले कृपया सूचना दिएर सहयोग गरीदिन हुन् अनुरोध छ ।’

पत्रकार चन्दले यस्ता क्रियाकलापले सामाजिक द्वयश फैलाउने भन्दै यसो नगर्न सबैमा आग्रह समेत गरेकी छिन । सामाजिक संजाललाई दुरुपयोगभन्दा पनि सदुपयोग गर्न उनको सुझाव छ । उनको स्टाटसमा कमेन्ट र लाईकको खोलो बगीरहेको छ ।