समाचार

आफ्नो मेहेनतले मात्र नभई परिवारको सहयोगले सफलता पाएको हुँः आइजीपी खनाल

काठमाण्डौ । तनहूँ सिमपानी स्थाई बसोवास भएका र देशभर छरिएर बसेका खनालबन्धूहरुको समूह खनाल सेवा समिती, काठमाण्डौ र तनहूँ सिमपानी खनाल महिला दिदिबहिनी समूहको संयूक्त आयोजनामा कलङ्खकीस्थीत मेगा ब्याङ्खक्वेटमा “तीज उत्सव तथा सम्मान कार्यक्रम” सम्पन्न भएको छ । तनहूँ सिमपानी खनाल दिदीबहिनी समूहकी अध्यक्ष सरस्वती खनालको सभातित्वमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रम खनाल सेवा समिति, काठमाण्डौका केन्द्रीय  अध्यक्ष मोहन कृष्ण खनालको स्वागत मन्तव्यबाट शुरु भई कार्यक्रमकी सभापति सरस्वती खनालको धन्यवाद ज्ञापन बाट समापनभएको थियो ।

कार्यक्रममा तनहूँ सुरमा जन्मेका खनाल कुल दिपकद्वय नेपाल प्रहरीका महानिरिक्ष सर्वेन्द्र खनाल तथा नेपाली रजतपटका लोकप्रीयएवम वरीष्ठ कलाकार सरोज खनाललाई कुलका सबैभन्दा जेष्ठ नागरीकपूर्व सचिव रेवतीरमण खनाल बाट सम्मान गरीएको थियो ।

सम्मान ग्रहण पछि नेपाल प्रहरीका महानिरिक्षक सर्वेन्द्र खनालले नेपालमा शान्ती सुरक्षा कायमगर्न प्रहरीलाई सदैव जनमानसको साथ चाहिने बताए । पक्कैपनि यो स्थान सम्म पुग्न आफ्नो मिहनेतले मात्रनभई परिवारको साथ सहयोग पनि चाहिन्छ । यो तह र जिम्मेवारी सहज छैन तर आजआफ्नै परिवारले सम्मान गर्दा मलाई झन अघि बढने हौसला मिलेकोछ उनले भने ।

त्यसैगरी अर्का सम्मानीत व्यक्तित्व लोकप्रीय कलाकार सरोज खनालले सम्मानथुप्रै ग्रहण गरेतापनि यो पाारिवारीक सम्मानले अझ अघि बढ्ने हौसला प्रदान गरेको जिकिर गर्दै स्वदेशको तथा पारिवारीक मायाले अझ बाँधिएको भन्दै भावुक भएका थिए ।