समाचार

सुशासन समितिमा भट्ट निर्वाचित

काठमाडौँ । राष्ट्रियसभा, दिगो विकास तथा सुशासन समितिका सभापतिमा नेपाली काङ्ग्रेसका तारादेवी भट्ट निर्वाचित भएका छन् । सो पदमा भट्टको मात्र उम्मेदवारी परेको थियो । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले आज नै नवनिर्वाचित सभापति भट्टलाई पद तथा गोपनीयताको शपथ गराए । यससँगै राष्ट्रियसभाका चार वटै विषयगत समितिका सभापति चयनले पूर्णता पाएको छ ।

यसअघि दलीय सहमतिमा विधायन, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन र राष्ट्रिय सरोकार तथा समन्वय समितिका सभापति चयन भइसकेका छन्।