समाचार

रोजगारी विधेयक स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकले ‘रोजगारीको हकसम्बन्धी विधेयक, २०७५’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले सदनको दोस्रो बैठकमा सो विधेयक प्रस्तुत गरेका थिए । यसैगरी बैठकले जातीय भेदभाव तथा छुुवाछूत (कसुर र सजाय) (पहिलो संशोधन) २०७५ र सामाजिक सुरक्षा विधेयक, २०७५ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्तावलाई पनि सर्वसम्मतिले स्वीकृत गरेको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले ती दुवै विधेयकलाई सदनको बैठकसमक्ष प्रस्तुत गरेका थिए ।

यसैगरी ‘भूमिसम्बन्धी (सातौँ संशोधन) विधेयक, २०७५’ दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालको प्रस्तावलाई पनि बैठकले सर्वसम्मतिले स्वीकृत गरेको छ । प्रतिनिधिसभाको अर्को बैठक यही भदौ २८ गते बिहान ११ बजे बस्नेछ ।