समाचार

देवानी संहिता प्रेसमैत्री हुनुपर्ने माग गर्दै महासङ्घको प्रदर्शन

काठमाडौँ । मुलुकी देवानी (संहिता) ऐन संशोधन गर्नुपर्ने माग गर्दै पत्रकारले प्रर्दशन गरेका छन् ।
मुलुकी देवानी (संहिता) ऐनका केही प्रावधानले प्रेस स्वतन्त्रता कुण्ठित गर्ने भन्दै त्यसलाई प्रेसमैत्री बनाउनुपर्ने माग गर्दै आज दिउँसो नेपाल पत्रकार महासङ्घको नेतृत्वमा पत्रकारले नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवन अगाडि प्रदर्शन गरेका हुन् ।
मुलुकी संहितामा हाल रहेको व्यवस्थाजस्ताको तस्तै कार्यान्वयन भएमा सार्वजनिकस्थलमा तस्वीर खिच्नदेखि सार्वजनिक पद धारण गरेका व्यक्तिले गरेका गलत कार्यबारे बोल्न र लेख्नसमेत नपाउने अवस्था आउने पत्रकारको भनाइ छ ।
पत्रकारले नयाँ बानेश्वरको सडकमा “प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा गर” र “मुलुकी (देवानी र फौजदारी) संहिता ऐन संशोधन गर” लेखिएका प्ले कार्ड बोकेका थिए ।