आर्थिक

निर्माण ब्यावशायी संघः कार्की र कोईरालाको समर्थनपछि देउजाको देखियो पल्ला भारी

काठमाडौँ । निर्माण व्यवसायीको साझा सङ्गठन नेपाल निर्माण व्यवसायी महासङ्घको नेतृत्वका लागि चारजनाले आ–आफ्नो दाबेदारी प्रस्तुत गरेका छन् ।

आज यहाँ आयोजित पत्रकार सम्मेलनमा महासङ्घका महासचिव रामशरण देउजाले निर्माण व्यवसायलाई मर्यादित र व्यवस्थित बनाउने आफ्नो योजना कार्यान्वयनका लागि आफूले अध्यक्षमा उम्मेवारी दिने बताए । महासङ्घको अध्यक्षमा दाबेदारी प्रस्तुत गर्दै पूर्ब अध्यक्ष तथा सल्लाहकार यक्षध्वज कार्कीले निर्माण व्यवसायलाई मर्यादित र सुदृढ बनाउन आफूले उम्मेदवारी दिने बताए ।

अध्यक्षका अर्का दाबेदार हुमनाथ कोइरालाले निर्माण व्यवसायीका साझा कार्यसूचीलाई प्रभावकारीरुपमा लागू गर्न आफूले उम्मेदवारी दिने बताए ।

अघिल्लो महाधिवेशनमा अध्यक्षमा पराजीत रवी सिंहले निर्माण व्यवसायमा विगतदेखि नै आफ्नो स्वच्छ छवि भएको दाबी गर्दै निर्माण व्यवसायमा कुनै प्रकारको राजनीति हुन नदिने बताए । महासङ्घमा करीब १२ हजार निर्माण व्यवसायी आबद्ध रहेका छन् । महासङ्घको २०औँ अधिवेशन आगामी असोज ४ देखि ६ गतेसम्म राजधानीमा हुँदैछ ।
महासचिब देउजालाई अन्य कोईराला र कार्कीको समर्थन रहने सम्भाबना देखिदै आएको छ भने सिंह कमजोर उमेर्द्वारको रुपमा देखिएका हुंदा आगामी अध्यक्षमा देउजाका विजय शुनिश्चितता रहेको एक ब्यावशायीले सुर्यखबलाई बताए । चारजनाले उमेर्द्वारी दिएपनि कोईराला यसअघि समेत अध्यक्षमा पराजित भएपछि पुनः उक्त पदमा उठ्ने मुडमा नहेको र कार्की सिनियर भएकोले युवा ब्यावशायी देउजालाई समर्थन गर्ने आँकलन निर्बाण ब्यावशाय क्षेत्रमा गर्न थालिएको छ ।