पु.समाचार

निर्मलाका बलात्कारी र हत्यारालाई अहिलेसम्म सरकारले पक्राउ गर्न नसक्नु गलत: अध्यक्ष केसी

भीमदत्तनगर । राष्ट्रिय जनमोर्चा पार्टीका अध्यक्ष चित्रबहादुर केसीले कञ्चनपुर भीमदत्तनगरपालिकाका १३ वर्षीया बालिका निर्मला हत्या प्रकरण सरकारको अग्नि परीक्षा भएको बताएका छन् ।

अनेरास्ववियु छैठौँको दशौँ जिल्ला अधिवेशनको शुक्रबार उद्घाटन गर्दै उनले भने, “बलात्कारी र हत्यारालाई अहिलेसम्म सरकारले पक्राउ गर्न नसक्नु ज्यादै दुःखद विषय हो ।”

अध्यक्ष केसीले अनुसन्धान लम्ब्याउने र जनताले घटना बिर्सदै जान्छन् भन्ने सोच त राज्यको छैन भन्दै “अपराधी लुकाउने षड्यन्त्र भए निर्मला मारिएका/मा¥यै हुन्छन्, त्यसैले अपराधीले उन्मुक्ति पाउनु हुँदैन”, भने ।

फरक प्रसङ्गमा उनले आर्थिक, सामाजिक र भौतिक कारणले पनि मुलुकले सङ्घीयता धान्न नसक्ने बताउँदै समृद्धि, राष्ट्रिय सद्भाव र एकताका लागि पनि मुलुकमा सङ्घीयता आवश्यक नभएको धारणा व्यक्त गरे ।