आर्थिक

ग्लोबल आइएमई बैंक र न्यूरो कार्डियो हस्पिटलबीच सम्झौता

काठमाण्डौ । ग्लोबल आइएमई बैंक र न्यूरो कार्डियो एण्ड मल्टीस्पेशियालिटी हस्पिटल, विराटनगरबीच बिहीबार अस्पतालले प्रदानगर्ने विभिन्न सेवा तथा सुविधाहरुमा दिइने छुट सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । बैंकले अस्पतालसँग आफ्ना ग्राहकलाई स्वदेशमै गुणस्तरीय उपचारमा सहुलियतदिने उदेश्यले दुईपक्षीय सम्झौता गरेको हो ।

उक्त सम्भौतापत्रमा न्यूरो कार्डियो एण्ड मल्टीस्पेशियालिटी हस्पिटलका सञ्चालन निर्देशक राजेश भट्टराई रग्लोबल आइएमई बैंक विराटनगरको शाखाप्रबन्धक शशि शेखर शर्माले हस्ताक्षर गरेका छन् ।

ग्लोबल आइएमई बैंकले आफ्ना ग्राहकहरुलाई बैंकिङ्ग सेवाको अतिरिक्त अन्य सुविधाहरु प्रदानगर्ने उद्देश्यले लामो समयदेखि विभिन्न संस्थासँग समन्वय गरी यस्ता विभिन्न योजनाहरु ल्याईरहेको छ ।

उक्त सम्झौता पश्चात न्यूरो कार्डियो एण्ड मल्टी स्पेशियालिटी हस्पिटलका, विराटनगरमा उपचार गराउँदा ग्लोबल आइएमई बैंकबाट डेबिट, क्रेडिट, प्रिभिलेज कार्ड लिएका बैैंकका ग्राहक, ग्लोबल आइएमई बैंकका कर्मचारी तथा ग्राहकका परिवारजनले अस्पतालले प्रदानगर्ने विभिन्न सेवामा १५ प्रतिशत सम्म छुट पाउने छन् ।

ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले १३२ शाखा, १३७ एटिएम, ५ एक्सटेन्सन काउण्टर, १५ राजश्व संकलन काउण्टर, १०२ शाखा रहित बैंकिङ्ग सेवा र देश बाहिर ३ प्रतिनिधि/सम्पर्क कार्यालयमाफर्त आफ्ना ९ लाखभन्दा बढि ग्राहकहरुमाझ सेवाप्रदानगर्दै आइरहेकोछ ।

त्यस्तैबैंकले अत्याधुनिक प्रविधियुुक्त भाईबर बैंकिङ्ग सेवा, मोबाइल बैंकिंङ्गसेवा, इन्टरनेट बैंकिंङ्गसेवाको साथमा अष्ट्रेलीया, बेलायत र भारतमा प्रतिनिधि/सम्पर्क कार्यालय स्थापना गरेर ति देशमा रहेका नेपालीहरुलाई सेवाप्रदानगर्दै आईरहेको छ । त्यसैगरि बैंकले मलेसिया, दक्षिण कोरिया, कतार, युएई, बहराइन, जोर्डन, अष्ट्रेलीया, बेलायत र भारत लगायतका मुलुकबाट रेमिट्यान्स सेवा समेत प्रदानगर्दै आइरहेको छ ।