समाचार

निर्देशक सिद्धान्त, नीति र दायित्व कार्यान्वयन समिति गठन

काठमाडौँ । राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कनका लागि संसदीय समिति गठन गरिएको छ । नेपालको संविधानको धारा ५४ एवं सङ्घीय संसद्को संयुक्त बैठक र संयुक्त समिति (कार्य सञ्चालन) नियमावली, २०७५ को नियम २७ को उपनियम (२) बामोजिम समिति गठन गरिएको हो ।

समिति सदस्यमा प्रतिनिधिसभाबाट अनिलकुमार झा, गणेश ठगुन्ना, प्रभु साह, भीमबहादुर रावल, डा मीनेन्द्रप्रसाद रिजाल, लक्ष्मी परियार, खेम लोहनी, दुर्गा पौडेल, पम्फा भुसाल, निरादेवी जैरु र देवप्रसाद तिमल्सिना रहेका छन्। समितिमा चार सदस्यले राष्ट्रियसभाबाट प्रतिनिधित्व गर्नेछन् । प्रतिनिधिसभाको अर्को बैठक यही असोज २ गते अपराह्न ३ बजे बस्नेछ ।