आर्थिक

पेट्रोलीयम पदार्थको पुनः मुल्यबृद्धी, राती १२ बजेदेखी लागू भईसक्यो

काठमाण्डौ । नेपाल आयल निगमले पेट्रोलीयम पदार्थको भाउ बढाएको छ । हवाई ईन्धन, एलपी ग्यास र मट्टीतेलमा नबढाएपनि पेट्रोलमा प्रतिलिटर २ रुपैंया र डिजेलमा प्रति लिटर ३ रुपैयाँ मूल्यबृद्धी भएको छ ।
मूल्य बढेपछि पेट्रोलको प्रतिलिटर एक सय १४ भएको छ भने डिजलको भाउ प्रति लिटर एक सय एक रुपैयाँ भएको छ ।
निगम प्रवक्ता बीरेन्द्र गाइइतका अनुसार पेट्रोलमा दुई रुपैयाँ ९२ पैसा र डिजेलमा २ रुपैयाँ ७२ पैसा फाईदा छ ।
बृद्दी भएको मूल्य सोमबार राती १२ बजेपछिदेखी लागू भईसकेको छ ।