काठमाण्डौ । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले सहज जित निकालेको छ । गएराति भएको खेलमा बार्सिलोनाले सेल्टा भिगोलाई दुई–सुन्य गोल अन्तरले पराजित गरेको हो ।
खेलको पहिलो हाफमा भएको दुई गोल नै बार्सिलोनाको जितका लागि प्रयाप्त रह्यो । खेलको १० मिनेटमै ओसामाने डेम्वेलेको गोलबाट अगता लिएको बार्साले पहिलो हाफको अन्तिम समय ४५ औं मिनेटमा कप्तान लियोनल मेस्सीले विजयी गोल गरेका थिए । यो गोलसंगै यो सिजन मेसीले १७ खेलबाट व्यक्तिगत १५ गोल पुरा गरेका छन भने १० गोल गर्न मद्दत गरेका छन ।
यो जित संगै बार्सिलोना १७ खेलबाट ३७ अंक सहित लिगको शीर्ष स्थानमा यथावत रहेको छ भने सेल्टाभिगो समान खेलबाट २१ अंक सहित लिगको १० औं स्थानमा रहेको छ । गएराति नै भएको अर्को खेलमा एथ्लेटिको मड्रिडले स्प्यानियोललाई १–० गोल अन्तरले हराउँदै लिग तालिकाको दोसो स्थानमा उक्लिएको छ । मड्रिडको १७ खेलबाट ३४ अंक रहेको छ ।