काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले वाम बुद्धिजीवी प्रा. डा. माणिकलाल श्रेष्ठको स्वास्थ्यवस्था बारेमा जानकारी लिएका छन्।
तीनदेखि स्वास्थ्यमा समस्या आएपछि प्रा डा श्रेष्ठ ललितपुरस्थित मेडीसिटी अस्पतालमा उपचारत छन्। अध्यक्ष दाहालले प्रा डा श्रेष्ठको स्वास्थ्यलाभको कामना गरेका उनका प्रेस सल्लाहकार विष्णु सापकोटाले जानकारी दिए ।
चिसोका कारण निमोनिया भएपछि प्रा डा श्रेष्ठ अस्पताल भर्ना भएका हुन् । अध्यक्ष दाहालले प्रा डा श्रेष्ठको स्वास्थ्योपचारमा संलग्न चिकित्सकसँग आवश्यक परामर्शसमेत गरेका थिए ।