समाचार

हतियारसहित ‘विप्लव’का कार्यकर्ता पक्राउ

धरान । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका एक कार्यकता आज हतियारसहित धरानको पानवारीबाट पक्राउ परेका छन् ।
धरान–५ पानवारी सडकखण्डमा को५प ७५ नंको मोटरसाइकलबाट पूर्वतर्फ जाँदै गरेका मोरङको बेलबारी नगरपालिका–१० का देवकुमार लिम्बूलाई लङ मेशिन गन र एम–१६ गनसहित पक्राउ गरिएको पानवारी प्रहरी कार्यालय धरानले जनाएको छ ।