समाचार

आन्दोलनकारी शिक्षकमाथी प्रहरीको अश्रुज्ञास, बटुवासमेत प्रभाबित

काठमाण्डौ । राहत तथा बालबालीका शिक्षकले निशेधित क्षेत्र तोड्न खोज्दा प्रहरीले अश्रु ज्ञास र पानीको फोहोरा हानेको छ । काठमाण्डौको नयाँ बानेश्वरकोनिशेधित क्षेत्र तोड्न शिक्षकहरुले बल प्रयास गरेपछि प्रहरीले भीड तितरबितर गर्न केही सेल अश्रु ज्ञास र तयारी हालतमा रहेको पानी प्रयोग गरेको थियो । प्रहरीको उक्त अश्रु ज्ञासका कारणबाट आन्दोलनकारीमात्र नभएर बटुवा समेत फसादमा परेका थिए ।

लाठी प्रहार समेत गर्न भ्याएका प्रहरीबाट केही आन्दोलनकारी घाईते समेत भए । आन्दोलनकारीले पेशागत स्थायीत्वको माग राख्दै आएका छन् ।