राजनीति

कुनैपनि हालतमा काँग्रेसभित्रको गुटउपगुट हटाउछौंः सहमहामन्त्री महत

बाग्लुङ । नेपाली काङ्ग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले पार्टीभित्र भएको गुटउपगुट र आन्तरिक तिक्तता हटेर जाने बताएका छन् ।

नेपाल राष्ट्रिय मगर सङ्घ बागलुङको आज यहाँ आयोजित प्रथम जिल्ला अधिवेशन तथा प्रशिक्षण कार्यक्रममा सहमहामन्त्री डा महतले काङ्ग्रेसभित्र भएका अन्तरविरोधका कारण प्रतिपक्षको भूमिका कमजोर भएको भन्दै अबका दिनमा त्यस्तो नहुने धारणा व्यक्त गरे ।

काङ्ग्रेसको सिद्धान्त लोकतान्त्रिक समाजवाद भएका कारण पार्टीलाई आफ्नै सिद्धान्तमा लैजाने बताउँदै पार्टी बलियो बनाउन आन्तरिक संयन्त्र बलियो हुनुपर्नेमा जोड दिए ।

काङ्ग्रेसका केन्द्रीय सदस्य किरणराज पौडेलले काङ्ग्रेसको जागरण अभियानाले कार्यकर्तामा थप ऊर्जा प्रदान गरेको बताए । अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने नेपाल मगर राष्ट्रिय सङ्घ बागलुङका संयोजक पदम पुनले बताए ।