राजनीति

ओली सरकार काम गर्न त कुरै छाडौं काङ्ग्रेसले गरेको कामको जस दिन पनि अयोग्यः नेता सिंह

काठमाण्डौ । नेपाली कांग्रेसका प्रभावसाली नेता प्रकाशमान सिंहले बर्तमान सरकारले सम्बृदिको कुरा गर्ने नैतिकता गुमाई सकेको बताएका छन् । यो सरकार काम गर्न त के काँग्रेसले गरेको कामको जस लिन समेत अयोग्य साबित भै सकेको कुराको ज्वलन्त उदाहरण पुराहुनै लागिसबेको मेलम्ची खानेपानीको काम सरकारकै कारण अनिश्चित बन्नुलाई लिन सकिने समेत बताएको छ ।

आज आफ्नै निर्वाचन क्षेत्रमा आयोजना गरिएको भेटघाट कार्यक्रममा बोल्दै नेता सिँह ले सरकार काम गर्न सकोस भनेर आफुहरुले सहयोग गर्न चाहेपनि सबैको साथ सहयोग लिएर अघि बढ्नुको साट्टो भाषण बाजिमा लागेर आफुभन्दा फरक बिचार राख्ने हरुको मान मर्दन गर्नै मै अलमलिको आरोप लगाएका छन् । बर्तमान सरकार बनेपछि कुटनैतिक क्षेत्र समेत बिस्वस्त हुन नसकेको अन्तर्राष्ट्रिय जगतलाई बिश्वासमा लिएर काम गर्न नसकेकोले दिनानुदिन सरकारको कारण मुलुक असफल राष्ट्र बन्न लागेको समेत बताएका छन् ।

भनाई कम्निस्ठ गराई फरक बिदेसि सामु आफुलाई सोसल डेमोक्रेटि भन्ने फेरि मुलुक भित्र कम्युनिष्ट भन्न नछाडे तर गराई कस्तो छ सबैले देखे बुझेकै कुरा रहेको समेत बताएका छन् । पार्टी जस्तो मुलुक संचालनमा समेत दोधारे देखिएकाले सरकारले सम्बृदि को नारा लगाए जस्तो सजिलो नुहुने भन्दै जनमतको सम्मान गरेर काम गरेर देखाउन समेत आग्रह गरेका छन् । मुलुकको अर्थतन्त्र डामाडोल भैसकेकाले समय छदै सबै जिम्मेवार बन्नु पर्नेमा जोड दिँदै अब आरोप प्रत्यारोपमा लाग्न नहुने बताएका छन् । सरकार रचनात्मक काम गर्छ भने आफुहरु सहयोगि बन्न तयार रहेकाले जिम्मेवार बन्न समेत अपिल गरेका छन् ।

कार्यक्रममा गुज्जेश्वरि बाल शिक्षा माध्यमिक बिद्यालय थापाथलीमा अध्ययनरत दुई सय बिद्यार्थीहरुलाई पुर्ब गभर्नर हिमालय सम्सेर जबराको सहयोगमा प्राप्त बिद्यालय पोसाक बितरण तथा यस बर्ष उक्त बिधालय बाट एसईई मा उतिर्ण बिद्यार्थी सम्मान समेत गरेका थिए ।