समाचार

आाज साउन १५ अर्थात खीर खाने दिन

काठमाडौं । आज साउन १५ गते अर्थात खिर–खाने दिन नेपालीहरुले खीर खाएर यो पर्व मनाउँदै छन् । बर्खायामको झरीमा भिजेको शरीरलाई निरोगी बनाउन तथा ऊर्जामय राख्न खीर खाने चलन चलेको जानकारहरु बताउँछन् ।

तीज, श्राद्ध, देवाली, ब्रतबन्ध, भोजभतेर जस्ता शुभ अवसरमा विशेष परिकारका रूपमा पकाइने गरिएको खीरलाई स्वादिष्ट एवम् स्वास्थ्यवर्दक खानाको रूपमा लिइन्छ । चामल, दूध, नरिवल, छोकडा र अन्य ड्राई फ्रुट्स, चिनी हालेर खीर बनाउने हाम्रो चलन छ । शुद्ध, स्वास्थ्यवर्दक तथा खान सहज भएकै कारण बच्चाको अन्न खुवाई सुरुवात समेत खीर खान लगाएर गरिने प्रचलन छ ।

आजको दिन परिवारका सदस्य, इष्टमित्र, आफन्त, छरछिमेकसँग बसेर खीरलगायत मिष्ठान्न परिकार खाने चलन छ । नेपाली समुदायमा असार १५ मा दही चिउरा र साउन १५ मा खिर खाने चलन छ । स्वास्थ्यका दृष्टिले मरिच, सुकेको नरिवल, दाल चिनी लगायतका मसला राखेर बनाइएको खीर यो मौसमका लागि उपयुक्त मानिन्छ । प्रत्ययेक वर्ष साउन १५ मा खिर खाने परम्परा रहेको छ ।

असार साउनमा धान रोपाईंको काम सकेर खुशीयाली स्वरुप खिर खाने चलन बसेको मानिन्छ । १५ असारमा दही चिउरा र साउनमा खिर खाने चलन छ । साउन महिनाभर पायक पर्ने दिनमा खिर खाने चलन बसेपनि साउन १५ लाई भने विशेष दिन मानिन्छ ।

खिर खाने चलन कहिले देखि शुरु भएको भन्ने वारे एकिन हुन नसके पछि खेतीपातीको काम सकेपछि मीठो खाने कुरा तत्कालिन समयमा खिर भएकाले यो चलन वसेको संस्कतिदिहरुको बताउछन् । आजको दिनलाई राष्ट्रिय खिर दिवसका रुपमा मनाउन केही नेपालीहरुले सरकारलाई प्रस्ताव समेत गरेका छन् ।